ओलीको भूमि अध्यादेशले माधव नेपालको पनि तात्यो पारो

शनिबार, फागुन ३, २०८१

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि मिचेर सरकारले अध्यादेश ल्याएकाले समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् । 

पार्टीको वागमती प्रदेशको प्रथम अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले संसद्को अधिवेशन बोलाउने बेला, संसदीय समितिमा विचाराधीन विधेयकलाई मिचेर अध्यादेश ल्याइएको भन्दै समर्थन गर्न नसकिने स्पष्ट पारेका हुन् । 

उनले संसद् आह्वान गर्न छाडेर बिचौलियाको प्रभावमा परेर सरकारले हतार–हतार अध्यादेश ल्याएको आरोप लगाए । अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश आपत्तिपूर्ण रहेको उनले बताए । 

अध्यक्ष नेपालले सरकारले गलत नियत राखेर सामाजिक सञ्जालसम्बन्धी विधेयक अघि सारेको जिकिर गरे । उनले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमले कसैको विरोधमा समाचार लेख्ने अवस्था नहुने उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्