सोसल मिडिया
युनिकोड
पाँचौं पटक अर्थमन्त्री बनेका उपप्रधानमन्त्री विष्णु पौडेलले पछिल्ला केही दिनलाई कर्मचारी सरुवामा पूरै लगानी लागेका छन्। असार मसान्तमा अर्थमन्त्रीको सपथ खाएका पौडेलले माघ मसान्तकै दिन मन्त्रालयका दुई महत्वपूर्ण विभागमा नयाँ महानिर्देशक खटाएका छन्।
पौडेलले सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्दै आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक तोकेका हुन् । आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दाहाल नियुक्त भएका छन् भने भन्सार विभागको नेतृत्व महेश भट्टराईले सम्हाल्ने पक्का भएको छ।
अर्थ मन्त्रालयको प्रशासन महाशाखामा चलाई आएका दाहाललाई आन्तरिक राजस्वको चाबी थमाईएको हो। त्यस्तै भट्टराई योजना अनुगमन तथा मुल्यांकन महाशाखाबाट भन्सार विभाग पुगेका हुन्।
आन्तरिक राजस्वमा मकवानपुरको सिडिओ बाट अर्थमन्त्रालय ल्याईएका तिर्थराज चिलुवाललाई पठाउने अर्थमन्त्रीको योजनामा प्रधानमन्त्री केपी ओलीले तातोपानी खन्याईदिएका हुन्। प्रधानमन्त्रीको गृहजिल्ला झापाका दाहालको अगाडी लमजुङ्गका चिलुवालको केही नगलेको अर्थमन्त्रालय श्रोत बताउछ। चिलुवाल आन्तरिककै उपमहानिर्देशकमा खटाईएका छन्। उनले दाहालको अन्डरमा काम गर्नु पर्ने भएको छ।