भए भरका मुख्यमन्त्री सँग ओलीले एकसरो कुरा गर्ने, एक्सन रुमबाट निर्देशन दिने

शुक्रबार, माघ २५, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।

विकास निर्माण तथा आयोजनाहरूका बारेमा कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै आजै दिउँसो २ बजे सगरमाथा संवादको तयारी बैठक पनि हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्