जलेश्वर नगरपालिकाका सबैलाई अख्तियारले डाम्यो, पाँच लाख १२ जनाले मिलाएर खाए

बिहीबार, वैशाख २७, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले आजै महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप–प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो । 

आयोगले नगरपालिकाका अधिकृत छैठौा धिरेन्द्र झा, बरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सव इन्जिनियर दिपेश कुमार साह, कार्यापालिका सदस्य सोगरा खानुत, वडा नम्बर १ का वडा अध्यक्ष अनिल कुमार झा विरुद्ध ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको छ । 

उनीहरुमाथि नगरपालिकाको वडा नम्बर १ महोत्तरी बरुणसर पोखखरी नजिक रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान कार्यको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश तथा सदर गरेको आरोप लगाईएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्