सोसल मिडिया
युनिकोड
पूर्व सभामुख समेत रहिसकेका र पटक-पटक मन्त्री भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका कान्छा छोरा राहुल महरा सहित ११ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । चिनिने नाम राहुल भए पनि उनको खास नाम रेशम महरा हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्का विरुद्ध पनि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । भेपमार्फत् ९ किलो सुन तस्करी गर्ने योजनाकार राहुल र खड्का नै भएको पुष्टी समेत भईसकेको छ। सुन तस्कारीमा थुनिएका राहुल केही महिना अगाडि मात्र जेल बाट छुटेका थिए। राहुल १ बर्ष दुई महिना कैद भुक्तान गरेर छुटेका हुन्।
राहुल र खड्कासहित दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले,दावा छिरिङ, रोजन राउत र प्रेरणा थापाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयले बताएको छ ।