सोसल मिडिया
युनिकोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिले कार्यक्षमता मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ।
जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने सहसचिवको बढुवामा रिट परेपछि रोकिएको बढुवाको प्रक्रिया अघि बढेसँगै कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवामा १८ जना उपरसचिवको नाम सहसचिव बढुवाका लागि सिफारिस भएको हो।
सहसचिवको बढुवामा २०६७ चैत २७ गते सामान्य प्रशासन समूहको पहिलो नम्बरका उपसचिव रहेका योमेन्द्र उपाध्याय जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा सिफारिस भएपछि दोस्रो नम्बरका प्रेमप्रसाद लुईंटेल कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवामा पहिलो नम्बरमा परेका छन्।
त्यसपछि रामदत्त पाण्डे, विनिता भट्टराई, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, लक्ष्मी पाण्डे गौतम, मनिता श्रेष्ठ र लोकबहादुर सुनारको नाम सहसचिवमा बढुवाका लागि सिफारिस भएको छ। यिनीहरु सबै सामान्य प्रशासन समूहका उपसचिव हुन्। उक्त समूह कै उपसचिव इन्द्रप्रसाद बस्याल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाहीपनि सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।
कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा सिफारिशमा परेका अधिकांश प्रमुख जिल्ला अधिकारी चलाई सकेकाहरू परेका छन्। एक नम्बरमा बढुवा सिफारिशमा परेका लुइँटेल कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सिडिओ चलाइसकेका प्रशासक हुन्। त्यस्तै पाण्डे रक्षा मन्त्रालय हुँदै सामान्य प्रशासन लगायतका मन्त्रालयमा बसेर लो प्रोफाइलमा बसेर काम गरेका काबिल उपसचिव हुन्।
तामांग पनि सिडिओ चलाएका प्रशासक हुन्। त्यस्तै शाही पनि हक्की स्वभावका सिडिओ भईसकेका उपसचिव हुन्।