उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा

मंगलबार, पुस १६, २०८१

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी जिम्मा लगाईएको छ। पुस १६ गते अबेर बसेको मन्त्रिपरिषद् बैठकले उनको सरुवा गरेको हो।

उनी प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुख थिए । उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्यको सोमबार मात्र अवकाश भएको हो। उनी सहितका सेवा निवृत्त प्रहरी अधिकारीको आज प्रहरी मुख्यालयमा बिदाई कार्यक्रम राखिएको थियो।

काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्नुपर्ने भएका कारण उपत्यका प्रहरी कार्यालयको जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ । व्यवसायिक र काविल प्रहरी अधिकृतको परिचय बनाएका भोजपुरका तामाङ गीतकार पनि हुन् । 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २३:५६
प्रतिक्रिया दिनुहोस्