सर्केगाड गाउँपालिकाका पूर्व अध्यक्षले घुस खाएको ठहर, अर्का पूर्व अध्यक्षलाई लाग्यो मुद्दा

मंगलबार, पुस १६, २०८१

हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

स्वार्थ बाझिनेगरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोपमा रोकायालाई विशेष अदालतले २ वर्ष कैद सजाय तोक्दै ९ लाख ७५ हजार रुपैयाँ असुल्नुपर्ने फैसला गरेको हो ।

परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् । 

यता, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्जुनचौपारी गाउँपालिकाको वडा नम्बर १ को  बजार क्षेत्रको ढलान बाटो निर्माणका क्रममा गुणस्तरहीन काम गरेको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरूङ,तत्कालीन इन्जिनियर नविन थापालगायत १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्