सोसल मिडिया
युनिकोड
काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको अभियोगमा मुद्दा दायर गरेको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्रीसमेत गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो। बस्नेतविरुद्ध भ्रष्टाचारमा ९ करोड र सम्पत्ति शुद्धीकरणको मुद्दामा १३ करोडको बिगो दाबी गरिएको छ।
उनकी श्रीमती उर्मिला बस्नेतसमेत भ्रष्टाचारमा मतियार बनेको भन्दै सजायको माग गरिएको छ। त्यस्तै पद्मा मर्चेन्ट कम्पनी प्रालि, पद्मा कोलोनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध पनि सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।