सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाको रिक्त सचिव पदमा हर्कराज राई सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राईको नाम सचिवका लागि सिफारिस गरेका हुन् ।
यसअघि सुरेश अधिकारीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको रहेको थियो । झापाको झापाको शिवसत्ताक्षी नगरपालिका २ का एमालेनिकट राईलाई सचिवमा सिफारिस गरिएको हो । राई यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सल्लाहकार थिए।
त्रिभुवन विश्वविद्यालयबाट नेपालको विकास नीति तथा योजनावद्ध विकास विषयमा दर्शनार्चाय , राजनीति शास्त्र र ग्रामिण विकास विषयमा स्नाकोत्तर राई नेकपा एमाले स्थानीय तह विभागको सचिव हुन् । राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि काम थाल्नेछन्।