‘सूदुरपश्चिम डायलग’मा आरजुको बयान, बाईचान्स मन्त्री भएको आफैं खोलिन् पोल

शनिबार, पुस १३, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले आफूलाई मन्त्री हुन्छु भन्ने नलागेको भएपनि बाईचान्स मन्त्री भएको खुलासा गरेकी छिन् । 

रुडुकले जलवायु परिवर्तनले महिला, युवा र बालबालिकामा पार्ने असरको बारेमा आयोजना गरेको ‘सूदुरपश्चिम डायलग’ लाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् ।

उनले उक्त डायलग एक वर्षअघिदेखि नै आयोजना गर्ने योजना रहेको भएपनि विभिन्न कारणले पर धकेलिएर आज भएको सुनाउने क्रममा उनले आफू मन्त्री हुन्छु भन्ने नसोचेको बताएकी हुन् ।

उनले भनिन्–‘म अहिले बाईचान्स मन्त्री भएँ, यो प्लानिङ गर्दा म मन्त्री हुने कुनै प्लानपनि थिएन र म हुन्छु भन्ने मलाई लागेको पनि थिएन ।’ यसअघिको कार्यक्रममा उनले आफू कैलालीबाटै चुनाव लड्ने घोषणा गरेकी थिईन । यसअघि पराजित भएकै क्षेत्रबाट आफू पूनः चुनाव लड्ने उनको घोषणा छ । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्