छापामार शैलीमा गुडेरै गगन थापा किन हान्निए भारत ? को भेट्दैछन् ?

बिहीबार, पुस ११, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापा गुडेरै भारत हान्निएका छन् । पुस ११ गते विहान सबेरै पश्चिम नेपालको नाका प्रयोग गरेर उनी भारत तर्फ लागेका हुन्। नेपालगञ्जको रुपैडिया स्थलमार्ग हुँदै भारत पुगेका उनले भारत बसाईको क्रममा महत्वपूर्ण भेटवार्ता गर्ने बुझिएको छ ।

युपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्ने निश्चित भएपछि उनी फाल हानेर त्यता गएका हुन्। सट्याकसुटुक छापामार शैलीमा गगन भारत जानुलाई रहस्यमय ढंगले हेरिएको छ।  पार्टी सभापतिको तयारी गरिरहेका गगन देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु भारतबाट नेपाल आएका साता नबित्दै त्यहाँ पुग्नुलाई अर्थपूर्ण ढंगले लिईएको छ। 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्