वामदेवको मन अझै दोमन, सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई दिए जिम्मा

मंगलबार, पुस ९, २०८१

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग वार्ता गर्न वार्ताटोली गठन गरेका छन् । गौतमले आज डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय टोली गठन गरेका हुन् ।

कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसभासद हुन्। खास नाम डोलबहादुर रहेका उनी २०६७ सालमा विशेष अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेका व्यक्ति हुन्। पहिलो संबिधानसभाको सदस्य हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका थिए। 

गौतमले गठन गरेको टोलीले अब एकीकृत समाजवादीसँग छलफल गर्नेछ । एकीकृत समाजवादीले पनि माधवकुमार नेपाल, प्रमेस हमाल र बलराम बाँस्कोटा रहेको वार्ता टोली गठन गरेको छ । बुधबार यी दुवै टोलीले वार्ता गर्ने तय भएको छ ।

एमाले विभाजनपछि नेकपा एकता अभियानको संयोजक बनेका थिए । केही दिनमै उनी एकीकतृ समाजवादी प्रवेश गर्ने तयारीमा लागेका छन् । एकीकृत समाजवादीमा उनी तेस्रो वरीयता लिएर प्रवेश गर्ने बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्