रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ

आइतबार, पुस ७, २०८१

कास्की प्रहरीको हिरासतमा रहेका बेला रवि लामिछानेको सुतेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार पक्राउ गरेको हो ।

आजैमात्र उनी बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनलाई अब अदालतबाट म्याद लिएर अनुसन्धान गरिने प्रहरीको भनाइ छ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २२:३३
प्रतिक्रिया दिनुहोस्