यस्तो छ रवि विरुद्धको मुद्दाको अभियोगपत्र, को-को डामिए ?

आइतबार, पुस ७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ।तीनवटा कसुरमा मुद्दा दायर भएको हो ।

लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गरिएको छ। उक्त बिगो भराउन र उनीहरूलाई कैद सजाय गर्न पनि माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दायर गरेको अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत र सामूहिक गरी उक्त बिगो भराउन माग गरिएको हो।

सहकारीबाट लिएको व्यक्तिगत ऋण एक करोड, स्वेट सेयर लिनको लागि प्रयोग भएको ७५ लाख रुपैयाँ र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा उनी खातावाला भएको खातामा गएको रकमको सञ्चालकको हैसियतले हुने सामूहिक दायित्व एक करोड ६२ लाख ६५ हजार रुपैयाँको बिगो कायम गरिएको हो।

लामिछानेले जीबीसँग मिलेमतो गरी सहकारी ऐन, नियमविपरित रकम अपचलन गर्नका लागि कृतिम कारोबार, कृतिम व्यक्ति, काल्पिनिक ठेगाना उल्लेख गरी अपराधबाट उम्कन पूर्व योजना अनुसार झुठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको पुष्टि भएको अभियोग छ।

अभियोगपत्रको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्। 
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्