पूर्वराजा ज्ञानेन्द्रको दौडाहा टोलीका नाईके सहकारी ठगीको अभियोगमा समातिए

आइतबार, पुस ७, २०८१

काठमाडौँको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । 

उनलाई सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी बसन्त रजौरेले  बताए ।

जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । साई स्वागतको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति निकिता पौडेल हुन् । भरत पूर्वराजा ज्ञानेन्द्रको दौडाहा टोलीका नाईके भएर काम गरेका ब्यक्ति हुन् ।

उनले एन्टी करप्सनको अभियान चलाउँदै आएका थिए। उनी चर्चित उपन्यास कालो सूर्यका लेखक समेत हुन् ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्