‘स्याल’को लिक्विड लाउन्जमा गृहमन्त्रीका भान्जालाई कसले चुट्यो गोरु चुटाई ?

आइतबार, पुस ७, २०८१

काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । गृहमन्त्री रमेश लेखकका भान्जा रमेश भट्टले त्यसरी चुटाई खाएका हुन् ।शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका भट्ट कुटिएका हुन् । उनी मातेर लठ्ठ भएको बताईएको छ।

कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–४ घर भएका कुलध्वज लामा, भुम्लु गाउँपालिका घर भएका सुजन लामा र सुलभ पहारी सहित ८ जना छन् ।

गुण्डा नाइके  दावा लामा समूहमा आबद्ध कुलध्व कांग्रेसको भातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्य हुन् । उनी यसअघि पनि प्लाटिनम क्लवमा झगडा गरेर ५ लाख धरौटीमा छुटेका थिए । सुजन लामा तरुण दल काभ्रेका अध्यक्ष र सुलभ तरुण दलको भुम्लु इकाई समितिको अध्यक्ष हुन् ।

पक्राउ पर्नेमा काभ्रेली समूहकै मिलन लामा, युवराल लामा, सिन्धुपाल्चोक घर भएका दावा लामा, मोरङ घर भएका डम्बर कार्मी र काभ्रेका शक्ति लामा छन् । आरोपीहरूले झगडा गरेको रेस्टुरेन्ट सञ्जीव लामा ‘स्याल’ले सञ्चालन गरेका हुन् । 

कुटिने र कुट्ने दुबै काङ्ग्रेसी हुन् । उच्च तहको दबाबका कारण सो प्रकरणको काठमाडौ प्रहरीले मिहिन अध्ययन गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्