पार्टी फुटाएको उपलक्ष्यमा सिंहदरबारमा ओलीको ‘फलफूल पार्टी’, को-को पुगे ?

मंगलबार, वैशाख २५, २०८१

उपेन्द्र यादवलाई अमेरिकामै चक्मा दिएपछि फुटाएर नयाँ बनाईएको जनता समाजवादी पार्टीका नेता सिंहदरबारमा ओईरिएका छन् । एमाले संसदीय दलमा एमाले अध्यक्ष केपी ओलीसँग सो पार्टीका नेताले कानेखुसी गरेका छन् ।

हिजै मात्र निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र थमाएको थियो। त्यसपछि सो पार्टीको सक्रियता बढेको छ। सोही अन्तर्गत उक्त पार्टीका नेता ओली भेट्न दलको कार्यालय पुगेका हुन् । हुन त सो पार्टी ओलीको खेलोमेलोले फुटेको चर्चा छ। त्यसैलाई मलजल हुनेगरी नयाँ पार्टीका नेता ओलीका वरिपरि काँठो लागेका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई,महासचिव मोहम्मद ईस्तियाक राई  र उपमहासचिव प्रदीप यादव ओली भेट्न पुगेका थिए। ओलीले तीनै भाईलाई फलफूल खुवाएर बिदा गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्