सभामुखले ११ बजे डाकेको बैठक बल्ल भयो सुरू, को-को पुगे ?

मंगलबार, वैशाख २५, २०८१

सभामुख देवराज घिमिरेले एघार बजेका लागि बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठक बल्ल सुरु भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको उपस्थिति छ। 

ठुला दलका प्रमुख सचेत पनि उक्त बैठकमा सामेल छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्