१८ औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रचण्ड, को-को बन्ने भए नयाँ मन्त्री ?

मंगलबार, वैशाख २५, २०८१

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले घाँडो पन्छाएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न तर्फा लागेका छन्। उपेन्द्र यादवलाई ओलीले घाँडो करार गरिदिएको ओली निकट एक नेताले सुनाए। 

हिजै मात्र निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ। उपेन्द्रबाट अलग्गिएर बनेको जनता समाजवादी पार्टीले कानूनी हैसियत प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषद् पुनर्गठनको छलफल अगाडि बढाएका छन् ।

नयाँ दललाई सरकारमा सामेल गराउन उपेन्द्र यादव र दीपक कार्कीलाई बर्खास्त गर्ने तयारी भईरहेको छ। यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र कार्की वन राज्यमन्त्री छन् । 

हुन त ओली एकीकृत समाजवादी लाई सरकारबाट हटाउन चाहन्छन्।  तर त्यसको टुंगो चाँही छैन। नयाँ बनेको पार्टी बाट प्रदीप र वीरेन्द्र मध्ये एक जना स्वास्थ्य मन्त्री हुनेछन् भने रन्जु झालाई राज्यमन्त्री बनाउने समझदारी भईसकेको छ। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ चौधरी पनि मन्त्री बन्नेछिन। 

प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री निर्वाचित भएका थिए। उनले पुस ११ गतेदेखि गरेको मन्त्रिपरिषद् पुनर्गठन अब हुँदा १८ पटक हुनेछ। 

त्यसपछि २०७९ माघ ३, माघ १४, माघ २३,फागुन १६, चैत १७ हुँदै २०८०  बैसाख ३, वैसाख, ५,वैसाख २०, बैसाख २४, जेठ ९, साउन २९, फागुन २१,फागुन २३, फागुन २७ र चैत १२ मा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्