प्रचण्डले ओली सरकारको हेरे चिना, सरकार बनावटको केलाए तन्तु 

बिहीबार, मंसिर १३, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको दाबी गरेका छन्।

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको दाबी गरे ।

‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो।त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ।यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन,’ प्रचण्डले भने, ‘बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’

उनले संविधानको धारा ७६ (२) अनुसारको सरकारले विश्वासको मत पाएपछि स्वतः उपधारा (३) मा जानुपर्ने तर्क गर्दै अहिलेको सरकार संविधान विरोधी भएको आरोप लगाएका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्