सोसल मिडिया
युनिकोड
जनमत पार्टीका अध्यक्ष डा.सिके राउत माथि घरेलु हिंसाको आरोप लागेको छ। निजकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् ।
राउत पत्नीले भने प्रहरीले निवेदन लिन मनानेको बताएकी छन्। प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जानकारी दिए । उनले भने, ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’
डा.राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् । राउतले बारम्बार तनाब दिएर घरको न घाटको बनाउन खोजेको पारिवारिक श्रोतले बताएको छ।