Dashain Banner
Dashain Banner

कर्मचारीलाई किन घुमन्ते बनाउँछ राज्य ?

को ‘निकम्मा’ ?
बिहीबार, वैशाख २०, २०८१

काँही नभएको जात्रा उहिल्यै चाँही हाँडीगाउँमै हुन्थ्यो तर त्यो जात्रा अचेल हरेक दिन सिंहदरबार तिर हुन्छ। किसिम-किसिममा जात्रा हुने त छँदैछ मान्छेलाई रोगी बनाउने काम पनि त्यतै हुन्छ। 

स्थानीय तहमा कर्मचारी नभएर सेवाग्राहीले सास्ती पाउनु परेको छ भने यता काम नपाएर पाँच बर्ष देखि पुगनपुग तीन दर्जन कर्मचारी झिंगा धपाएर बसेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २६ कर्मचारी ५ वर्षदेखि जिम्मेवारीविहीन बनेका छन् । देखिएका र संख्या गनिएका यति भए पनि आफू अनुकुल र प्रतिकुल गरि समान्यकै फेरो मारेको बस्नेको संख्या झन् ज्यादा छ। 

कर्मचारी समायोजन ऐन २०७५ को व्यवस्था अनुसार ज्येष्ठताका आधारमा काठमाडौँ उपत्यका आसपास पायक पर्ने गरी स्थानीय तहमा समायोजन भएका २६ कर्मचारी स्थानीय तहले नलिएपछि र मन्त्रालयले पनि अर्को जिम्मेवारी नदिएपछि राज्यको लगानी बालुवामा पानी भएको छ। तलब पनि महिनैपिच्छे खंखानी गन्नुपरेको छ। कामका नाममा ओराको सिन्को पर सार्नु परेको छैन। त्यसरी मन्त्रालयमा बरालिनेहरुमा कति चाँही पिडित नै छन् भने कति चाँही राजीखुसीले बरालिएका छन्। हाजिर गर्ने टाप कस्ने र ब्यबसायिक काम गर्नेको संख्या पनि कम चाँही छैन। 

पछिल्लो पटक मन्त्रालयमा हाजिर गर्दै आएका तर जिम्मेवारी नपाएका हरुमा शाखा अधिकृत मणिराम नेपाल, विवेक भट्टराई, नितु भट्टराई, शेरबहादुर बस्नेत, रामचन्द्र ढकाल, अञ्जु ढुङ्गाना, भोला पोखरेल लगायत २६ जना कर्मचारी छन्। भोला चाँही कर्मचारेका नेता हुन्, उनलाई अड्डा भन्दा पनि राजनीति चाहिएको छ। 

एकाथारी कर्मचारी चाँही मारमै छन जसको बोलिदिने कोही छैन। मन्त्री र सचिवले चाहेर पनि केही कानूनी जटिलताले काम रोकिएका छन् भने कतिपयका हकमा नियतको कुरा पनि अघिल्तिर आईपुग्छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्