सोसल मिडिया
युनिकोड
सुशीला कार्की सरकारले २१ जना सहसचिवलाई लाखापाखा लगाएको छ। अस्ति सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार ती सहसचिवहरूको सरुवा भएको हो।
गृह मन्त्रालय मातहत रहेका मालदार अड्डा र जिल्लाको सिडिओ चलाएर संचार मन्त्रालय पुगेका कोषहरि निरौलालाई त्यहाँ बाट थुतेर कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय पठाईएको छ। उनी अध्यागमन विभागको डिजी भईसकेका प्रशासक हुन्।
ईञ्जिनियरिङ्ग सेवाका सहसचिव रवीन्द्र बोहरा आफ्नै रैथाने थलोमा फर्किएका छन्। लुम्बिनी प्रदेश बाट उनी सहरी मन्त्रालय भित्रिएका छन्। उनी यस अघि पनि लामो समय सहरीमै रजगज गरेका कर्मचारी हुन्। कुलमानलाई परिक्रमा गरेर उनले शहरी भित्रिने मेलोमेसो मिलाएका हुन्।
आन्तरिक राजस्व विभागको डिजी चलाईसकेका र संचार मन्त्रालयमा छँदा बहुचर्चित टेरामक्स काण्डमा विशेष अदालत बाट सफाई पाएका रितेशकुमार शाक्य वाग्मती प्रदेश बाट संघिय राजधानी फर्किएका छन्। उनलाई बीर अस्पताल जिम्मा लगाईएको छ। दुई वटै मृगौला फेरेका उनी काविल प्रशासकका रुपमा चिनिने गरेका छन्।
यातायात व्यवस्था विभागको डिजी छँदा कालोमोसो दलिएका उद्दवप्रसाद रिजाललाई मधेश प्रदेश बाट कोशी प्रदेशमा सारिएको छ।
यहाँ क्लिक गर्नुहोस् २१ सहसचिव को कहाँ पुगे ?