सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ । श्रमिक ठगी तथा संगठित अपराध गरेको अभियोगमा उनी समातिएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको हैसियतमा कसुर गरेको बात लागेपछि उनी प्रहरीको नियन्त्रणमा पुगेका हुन् । २०८१ भदौ १३ गते बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिव नियुक्त गरेको थियो । संयोगवस उनी जुन बार मुख्यसचिवमा नियुक्त भए ठिक त्यहिबार उनको नाममा पक्राउपूर्जी जारी भयो । उनले मुख्यसचिव नियुक्ति पत्र बुझेकै बार शुक्रबार उनी प्रहरीको नियन्त्रणमा पर्नु परेको छ । शुक्रबार पत्र बुझेर आईतबार पद बहाली गरेका थिए ।
त्यहि मात्र होइन निजामती सेवामा प्रवेश गरेकै गते उनले जीवनमै पहिलो पटक हिरासतमा बस्नु परेको छ । अर्याल २०४६ माघ ४ गते निजामती सेवामा नासूको रुपमा प्रवेश गरेका थिए । त्यसको ३७ वर्षपछि आज मंसीर ४ गते नै उनी प्रहरीको नियन्त्रणमा परेका छन् । उनको जीवनमा ४ को गजबको संयोगले उनको शाखा अधिकृत हुँदाको मितिलाई पनि सप्को मारेको छ । उनी २०५१ फागुन ४ गते शाखा अधिकृत भएका थिए ।
गृह मन्त्रालयमा १७१ दिन गृहसचिव चलाएका उनलाई अहिले त्यहि गृहमन्त्रालय मातहतको प्रहरीले चलाईरहेको छ ।