भारतमा समातिएका पूर्व मुख्यसचिव अर्याललाई म्याद थपेर मानमनितो

बिहीबार, मंसिर १०, २०८३

नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । एक साता अघिदेखि नेपाल प्रहरी र भारतीय प्रहरीको निगरानीमै रहेका अर्याललाई पक्राउ गरेको विषय आज मात्र नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

भारतको कोलकत्तामा सातादिन यताबाटै अर्याल नियन्त्रणमै थिए । कोलकत्ताको महावाणिज्यदुत भएकै बेला सचिवमा बढुवा भएका अर्याल पक्राउपूर्जी जारी भएपछि एकसाता अघि झापा हुँदै कलकत्ता पुगेका थिए ।

भारतमा समातिएका अर्याललाई आजै काठमाण्डौ ल्याएर म्याद थप गरिने बुझिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्