सोसल मिडिया
सम्पर्क
युनिकोड
पूर्वमुख्यसचिव एकनारायण अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नियन्त्रणमा लिएर आफैले राखेको प्रष्ट पारेको छ ।
मुख्यसचिवबाट अवकाश पाएको वर्षदिनमै उनी अभियुक्त करार भएका छन् । २०८२ साल मंसीर ९ गते ५८ वर्ष पूरा भएर अवकाश पाएका अर्याल ५९ वर्ष लागेकै दिन छिमेकी देश भारतमा समातिएका हुन् । हुन त पक्राउ पूर्जी जारी भए लगत्तै भारत छिरेका उनी मंसीर ४ गते नै समातिएको दाबी गरिएको थियो । तर, नेपाल प्रहरीले आज मात्र अर्याल समातिएको प्रष्ट पारेको छ ।
जन्मदिनकै दिन प्रहरी नियन्त्रणमा परेका पूर्व मुख्यसचिव अर्याललाई प्रहरीले भोली शुक्रबार अदालतमा म्याद थप्न लाने भएको छ । सेवाबाट अवकाश पाएको वर्ष दिन पुगेकै दिन अझ त्यसमाथि जन्मदिनकै दिन अर्याल ठगी काण्डमा समातिएका हुन् ।
स्वभाविक प्रक्रिया छलेर अस्वभाविक प्रक्रियाबाट कामकाज गर्न जागेको अभिरूचीले अर्याललाई हिरासतमा पुर्याएको हो ।