राप्रपा केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित हुँदा काठमाण्डौ -१ बाट को-को भए निर्वाचित ?

आइतबार, मंसिर ६, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आठौं महाधिवेशनको चटारोले छपक्कै छोपेको छ । काठमाण्डौमा मंसीर २६ देखि २८ सम्म हुने महाधिवेशनका लागि धम धमाधम महाधिवेशन प्रतिनिधि छनौटको काम भई भईरहेको छ ।

मंसीर ४ गतेदेखि १० गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरिसक्नुपर्ने  कार्यतालिका छ । काठमाण्डौ क्षेत्र - १ ले मंसीर ५ गते नै महाधिवेशन प्रतिनिधिको चयन गरिसकेको छ । 

राप्रपा काठमान्डौ क्षेत्र नं १ का दुवै प्रदेशको महाधिवेशन प्रतिनिधि छनौट गरेको राप्रपाले क्षेत्र क मा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरेको छ भने ख तर्फ महिला कोटामा निर्वाचन गरेरै महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको हो । महिला तर्फको निर्वाचनमा वहालवाला केन्द्रीय सदस्य मीना सुवेदी पराजित भएकी छन् । उनको पक्षमा जम्मा सात मत मात्र परेको थियो ।

राप्रपा काठमाडौँ क्षेत्र-१ को प्रदेश क बाट ४० वर्ष मुनिका प्रतिनिधिमा २० वर्षिय ईन्जिनियर आस्ना वली र २४ वर्षको कोरियो ग्राफर आकाश विराजी सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

प्रदेश 'ख'बाट राप्रपाका केन्द्रीय सहकोषाध्यक्ष समेत रहेका समाजसेवी तथा वरिष्ठ गीतकार शोभित उप्रेती, राप्रपा केन्द्रीय सदस्य समेत रहेका मुख्यसचिव प्राध्यापक डाक्टर जयन्तनाथ खनाल सर्वसम्मत भएका हुन् ।

यी हुन् काठमाण्डौ-१ को दुबै प्रदेश 'क' र 'ख' बाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि

'क' प्रदेश तर्फ

चन्द्र उपाध्याय
केशव बहादुर कटवाल
अर्जुन वुढाथोकी
कान्ता भट्टराई
शक्ति चौलागाई
आश्मा ओली
मदनदास श्रेष्ठ
रामेश्वर श्रेष्ठ
अनिता शाही

'ख' प्रदेश तर्फ

शोभित उप्रेती
जयन्त खनाल
डम्बर शिवाकोटी
आरजु थापा
प्रभा शिवाकोटी
सुनिता कोइराला
देबेन्द्र कुमार राई
तीर्थ बहादुर गुरुङ
आकाश राज विराली

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्