एक दर्जन स्थानीय तहमा हाकिम फेरिए, को-को लागे लाखापाखा ?

मंगलबार, कात्तिक २५, २०८२

सामान्य प्रशासन मन्त्रालयले एक दर्जन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले सोमबार गरेको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर भएको हो । 

यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ नगरपालिका रहेका छन् । उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृतको समेत सरुवा गरिएको छ । 

त्यस्तै, अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका रहेका छन् । सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत सरुवा गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्