सोसल मिडिया
सम्पर्क
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भारत भ्रमणमा जानाे मन्त्रीको संख्या घटेको छ । यही ६ र ७ मंसिरमा हुने प्रधानमन्त्री शाहको भारत भ्रमणमा सुरुमा चार जना मन्त्री सहभागी हुने तय भएकोमा दुई जनाको नाम काटिएको हो ।
सुरुमा प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) भारत जाने चर्चा गरिएको थियो । तर, अब ऊर्जामन्त्री र परराष्ट्रमन्त्री मात्रै भ्रमणमा सहभागी हुन तय भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्रको देश बनाउने टोलीका सदस्य पूर्वाधार मन्त्री लम्साल प्रधानमन्त्रीको राजकीय भ्रमणमा नपर्ने भएका हुन् । उता, उर्जा मन्त्री पनि भ्रमण दलको सदस्य हुने भनिएपछि त्यसो पनि टुंगो लागेको छैन ।