पूर्वाधार विकास मन्त्रालयले सातजना इन्जिनियरलाई सेवाबाट किन हटायो ?

बुधबार, मंसिर २, २०८३

पूर्वाधार विकास मन्त्रालयले सातजना इन्जिनियरलाई सेवाबाट हटाएको छ । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ । 

कार्यालयमा हाजिर नभएको र बिदा स्वीकृत नगरी बिदा बसेको भन्दै मन्त्रालयले उनीहरूलाई हटाएको प्रस्ट पारेको छ । 

सेवाबाट हटाइएका इन्जिनियरहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेशप्रसाद पौडेल र पदमेन्द्रप्रसाद श्रेष्ठ छन् । 

उनीहरू नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, रा.प.तृतीय श्रेणीमा कार्यरत थिए ।image-142-1794969954.png

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०८:३१
प्रतिक्रिया दिनुहोस्