तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

सोमबार, कात्तिक ३०, २०८३

तीन देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन राजदूतलाई शपथ गराएका हुन्। 

भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका छन्। मन्त्रिपरिषद्को सिफारिशमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले तीनै जनालाई राजदूत नियुक्त गरेका थिए। मन्त्रिपरिषद्ले १३ जना राजदूतको नाम सिफारिश थियो। संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशमा राजदूतको नाम अग्रिमोका लागि पठाएको थियो। अग्रिमो आएका तीन राजदूतले मात्रै सोमबार पद तथा गोपनियताको शपथ लिएका हुन्। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १२:५१
प्रतिक्रिया दिनुहोस्