सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट प्रहरीले पक्राउ गरेको हो। विचौलिया इनम सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। पूर्व राज्यमन्त्री समेत रहेका उमेश भने यतिबेला देश छोडेर सिंगापुर पुगेका छन् । बिचौलिया सापकोटा समातिए लगत्तै उनी छड्के परेका हुन् । त्यस्तै कांग्रेसका अर्का नेता दीपक खड्का पनि देश छोडेर बाहिरिएका छन् ।
विवादित विचौलिया सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । उमेश पनि खोजीमै रहेको श्रोतको भनाई छ ।