सोसल मिडिया
सम्पर्क
युनिकोड
सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरीप्रसाद ढकालले जारी गरेको विज्ञप्तिअनुसार नियुक्त हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी छन् ।
यसअघि २० असोजमा बसेको न्याय परिषद्को बैठकले चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले २१ कात्तिकमा चारै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।