Tihar Banner
Tihar Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका रायमाझी थुनामुक्त, घरमा स्वागत

बिहीबार, कात्तिक २६, २०८३

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय कटाएर थुनामुक्त भएका छन् । रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।

तत्कालीन एमाले सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका थिए ।

रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार जरिबाना ठहर भएको थियो । तर, ६५ वर्षीय रायमाझीले उमेरहदका कारण सजाय छुट पाएर आज थुनामुक्त भएका हुन् ।

थुनामुक्त भएर घर पुगेका उनलाई घरमा टीकामाला लगाएर स्वागत गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  ०८:२३
प्रतिक्रिया दिनुहोस्