कार्तिक ३० गते सोमबार सार्वजनिक बिदा, यस्तो छ गृह मन्त्रालयको सूचना

शुक्रबार, कात्तिक २७, २०८३

सरकारले आगामी सोमबार सार्वजनिक बिदा दिएको छ । छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

"कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको बिदितै छ," मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रही आएकोले छठ पर्वको भोलिपल्ट अर्थात् मिति २०८३/०७/३० गते सोमबारका दिन समेत सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।"

छठ पर्वअन्तर्गत शुक्रबार नहाई खाई (नुहाएर शुद्ध भएर बस्ने), शनिबार खर्ना (साँझ दूध र सखरमा बनाएको खिर खाने) आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिने र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ । bida-1794560507-1794560793.png

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १४:५२
प्रतिक्रिया दिनुहोस्