सोसल मिडिया
सम्पर्क
युनिकोड
हुन त श्रीकृष्ण नाम आफैंमा काफी छ । श्रीकृष्णमा सिंखडा थपिएपछि त्यसले उत्पादन गर्ने रस नै हाँस्य रस र अरुभन्दा फरक हुन्छ भन्ने मान्यता तिनै श्रीकृष्ण सिंखडाले सिद्ध नै गरिसकेका छन् ।
बहुमुखी विधाका दुर्लभ पात्र सिंखडा हाँस्य कलाकार मात्र होइन कुशल र छरिता कवि पनि हुन् । संचारकर्मका सग्ला साधक सिंखडा शब्द र स्वरमा मात्रै खेल्दैनन्, उनका हरेक कर्ममा साहित्य देखिन्छ । र,त केही वर्ष अघि सार्वजनिक शौचालय सफाई अभियान नै चलाए । सामुदायिक विद्यालयका हेरिनसक्नु फोहोर शौचालय सफाई गरेर शिक्षाको ज्योति छर्ने भनिएका विद्यालयका शिक्षकलाई घुमाएरै सवक सिकाईदिए ।
त्यति मात्रै होइन सिंखडाले हेर्दा सामान्य लाग्ने तर समाज बिगार्ने प्रकृतिका धेरै कामलाई सफाई गर्ने अभियान नै चलाएका छन् ।
भनिन्छ सरल हुनु जस्तो जटिल काम अर्को छैन । हो अचेल यी सिंखडा यस्तै समाजले जटिल ठानेको काम गरेर झन् झन् सरल बन्दैछन् । यि सरल कवि सिम्खडाको कविता संग्रह लोकार्पण गरिएको छ ।
'श्रीकृष्ण सिम्खडाका कविताहरू भाग ३'को पूर्व मन्त्री शंकर प्रसाद कोइरालाकी माता धनकुमारी कोइरालाले लोकार्पण गर्नुभएको छ ।
नेपाल सरकारका पूर्व सचिव समेत रहनु भएका साहित्यकार एस्पी कोइराला समेतको उपस्थितिमा सिंखडाको कविता संग्रह लोकार्पण गरिएको हो।