सोसल मिडिया
सम्पर्क
युनिकोड
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त आईजीपी केसी हाल प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागको विभागीय प्रमुखका रूपमा कार्यरत थिए।
यसैबीच, मन्त्रिपरिषद् बैठकले हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको छ।