गृहमन्त्री गुरुङसँग साउदीका राजदूतले मन्त्रालयमै गरे खासखुस

मंगलबार, कात्तिक १७, २०८३

नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद बिन मोहम्मद बिन मुनिखरले आज गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल र साउदी अरबबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।

भेटमा दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य बढाउने विषयमा समेत जोड दिइएको जनाइएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्