सुनको मूल्य केही सय बढ्यो, तोलाको कति पुग्यो ?

बुधबार, कात्तिक १८, २०८३

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्