देउवासँग एकसरो गफ गरेपछि ओलीले गगनको निम्तो शंकरतर्फ सारिदिए 

आइतबार, असोज १८, २०८३

आज काठमाडौँको खुलामञ्चमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्‌घाटन समारोहमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन्। 

यसअघि अध्यक्ष केपी शर्मा ओली आफैँ जाने कुरा थियो। 

तर निर्णय परिवर्तन गर्दै उनले महासचिव पोखरेललाई पठाउने भएका हुन्। शनिवार कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासँगको टेलिफोन संवादपछि ओली नजाने निर्णयमा पुगेको श्रोतको भनाई छ। 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्