सोसल मिडिया
युनिकोड
ठेक्का प्रणालीमा छेडखानी गरेर राज्यलाई हानी पुर्याउने नौ निर्माण व्यवसायी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो। सरकारको अनलाइन ठेक्का प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आएका निर्माण व्यवसायी समातिएका हुन्।
गत चैतमा सिआइबीले यस प्रकरणमा ठेकदार र ह्याकरलाई पक्राउ गरी २२ जनाविरुद्ध मुद्दा चलाएको थियो । दोस्रो चरणको अनुसन्धानमा थप ठेकदार पक्राउ परेका हुन्। अनलाइन ठेक्का प्रणालीमा ह्याकिङ गर्ने केहीलाई पक्राउ गरी अनुसन्धान भइरहेको सिआइबीका प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीले बताए।
ठेक्काको प्रस्ताव पेश गर्ने समय सकिएपछि सबैको आर्थिक प्रस्ताव हेरेर आफ्नो प्रस्ताव संशोधन गरी ठेक्का हत्याउने गरिएको थियो। यसका लागि विदेशका ह्याकरलाई समेत प्रयोग गरिएको र उनीहरुलाई क्रिैप्टोमार्फत लगानी भएको यसअघिको अनुसन्धानमा खुलेको थियो। सहरी विकास मन्त्रालयका कम्प्युटर अपरेटर दिवाकर देउजा यस प्रकरणका मुख्य योजनाकार हुन्। हाल उनी कारागारमा छन्।