सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।
प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार (असोज ६ गते) साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् ।
उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।
उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ ।