अर्थमन्त्रीले पेस गर्ने प्रस्ताव हुत्याएर संसद बैठकमा ल्याईयो नयाँ प्रस्ताव

मंगलबार, असोज ६, २०८३

आज बस्ने प्रतिनिधिसभाको बैठकका लागि निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ। 

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले आजका लागि निर्धारित कार्यसूची हटाई "संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस्" भन्ने कार्यसूची राखिएको हो। 

यसअघि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्