सोसल मिडिया
युनिकोड
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई राम्रो बनाउने प्रयास गर्दा अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढेको बताएका छन् ।
ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘कार्यदलले संकलन गरेका सुझावको आधारमा प्रतिवेदन तयार भयो । प्रतिवेदनमा पुनर्गठन शब्दले अध्यक्ष र मेरो दूरी बढ्यो’, पोखरेलले भने ।
उनले अध्यक्ष ओलीको नेतृत्वमा राम्रो काम भएको तथा त्यो पार्टीको पुँजी भएको भए पनि त्यसलाई जनताले नपत्याएको पनि बताए । ‘पहिले राष्ट्रले कमरेड केपी ओलिलाई नेता स्वीकारेपछि पार्टीले उहाँलाई नेता स्वीकारेको हो । अध्यक्षको नेतृत्वमा धेरै महत्त्वूर्ण कामहरू भए त्यसलाई हामीले पटक–पटक चर्चा गरियो, तर पछिल्लो समयमा जनताले त्यो कुरा सुन्न नै चाहेनन्’, उनले भने ।