मन्त्री फेरिए सँगै उद्योग विभागको महानिर्देशक फेरियो, लैङ्गिक सन्तुलनको संयोग

बुधबार, भदौ ३१, २०८३

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए सँगै उद्योग विभागको महानिर्देशक पनि फेरिएका छन्। 

ग्याँस काण्डले अघिल्लो मन्त्री गौरी कुमारीलाई राजीनामा दिन बाध्य पारेपछि नयाँ मन्त्री दीपक साहले मन्त्रालयको कमाण्ड सम्हाल्दा उता उद्योग विभागमा डिजी फेरिएका हुन् ।

उद्योग विभागगको महानिर्देशक कल्पना श्रेष्ठलाई बनाइएको छ। उद्योग विभागका महानिर्देशक (डिजी) जितेन्द्र बस्नेत मन्त्रालय सरूवा भएका छन्। 

कल्पनाले डोटी, नवलपरासी, इलाम, खोटाङ जस्ता जिल्लाको सिडिओ चलाइसकेकी हुन् भने बस्नेत काठमाण्डौको सिडिओ चलाइसकेका अधिकारी हुन् ।

औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुखको अनुभव लिएर उद्योगको डिजी बनेर कल्पना उता जाँदा डिजीबाट तानिएका बस्नेतलाई संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी दिइएको छ। 

औद्योगिक लगानी प्रवर्द्धन तथा औद्योगिक पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारी रामबन्धु सुवेदीलाई दिइएको छ। प्रशासन, योजना तथा अनुगमन मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी नेत्रप्रसाद सुवेदीले पाएका छन्।

लैङ्गिक रुपमा मन्त्री र डिजीको सन्तुलन मिलेको संयोग पनि जुरेको छ । मन्त्री महिला हुँदा उद्योग विभागको महानिर्देशक पुरुष थिए । अहिले मन्त्री पुरुष हुँदा महानिर्देशक महिला भएकी छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १५:२५
प्रतिक्रिया दिनुहोस्