सोसल मिडिया
युनिकोड
बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्ला चार कारोबार दिन लगातार बढेको नेप्से परिसूचक आज १५.४३ अंक घटेर २५४५ विन्दुमा कायम भयो।
नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो दिन तीन अर्ब ८३ करोडको कारोबार भएकोमा आज चार अर्ब १९ करोडको भयो।
७४ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने ११ को स्थिर रह्यो।
आज सबै समूहका उपसूचक घटेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै २.३७ प्रतिशत घट्यो। त्यस्तै बैंकिङ ०.१६, फाइनान्स १.०८, होटल तथा पर्यटन १.३८, जलविद्युत् ०.४९, लगानी ०.८२, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा १.५७, अन्य ०.५२ र व्यापार समूह १.५६ प्रतिशत घटे।
आज अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो। सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर, इमर्जिङ नेपाल छन्।