घट्यो सुनको भाउ, तोलाको कतिमा झर्यो ?

बुधबार, भदौ २४, २०८३

स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबार (भदौ २४) सुनको मूल्य तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन लाख पाँच हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १२:१६
प्रतिक्रिया दिनुहोस्