सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद् बैठकले ४ जना सचिवको सरूवा गरेको छ।
बुधबार बसेको बैठकले ४ सचिवको सरूवा र १ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय पठाएर त्यहाँका सचिव डा. कमलप्रसाद पोखरेललाई संचार मन्त्रालय पठाएको छ ।
सञ्चारबाट महिला मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा पुगेकी राधिका अर्यालको कर्णाली प्रदेश सरूवा भएको छ।
बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। उनी २ हप्ता पछि अवकाशमा जाँदैछन् ।
बागमती प्रदेशको कायममुकायम प्रमुख सचिवमा भने कमलप्रसाद भट्टराईलाई खटाइएको छ। उनको केही समय अघिमात्र मधेशबाट कर्णाली प्रदेश सरुवा भएको थियो । कर्णाली नपुग्दै मधेशबाट फेरि वाग्मती पुगेका छन् । प्रधानमन्त्री कार्यालयको जगेडामा अधिकारी र हरिप्रसाद मैनाली दुई भाई कोचिएका हुन् ।