सुशीलाले च्यातिन् टालो, अब रफ्फू भर्ने वालेन्द्रको पालो

सोमबार, जेठ २५, २०८३

जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार बढारेपछि बनेको चुनावी सरकारले खारेज गरिदिएको एउटा व्यवस्था जस्ताको तस्तै प्रतिस्थापन गर्न वर्तमान सरकारलाई चर्को दबाब परेको छ ।

सांसदलाई दिइदै आएको स्वकीय सचिवको सुविधा सुशीला कार्की नेतृत्वको सरकारले कटौती गरिदिएको थियो । सो निर्णयपछि प्रदेश सांसदका स्वकीयको तलब भुक्तानी तुरुन्तै रोकियो । यता, राष्ट्रिय सभा सदस्यलाई पनि सुख्खै लाग्यो । प्रतिनिधिसभाको निर्वाचनपछि बनेका माननीयलाई पिए नहुँदा आपत परेको भन्दै रास्वपाका सांसदले सभामुख डोलप्रसाद अर्याललाई गुहार मागेको माग्यै छन् । रास्वपाका सांसद मात्र नभएर अन्य पार्टीका सबै सांसदलाई स्वकीय सुविधा अहिल्यै तात्तातै चाहिएको छ । अरु कुरामा बिमती भएपनि पिएका सबालमा भने भएभरका सांसदको राष्ट्रिय सहमति छ ।

अहिलेको सरकारले सांसदलाई स्वकीय दिने तर नाम चाँही फेर्ने भएको छ । शाखा अधिकृत सरहको वेतन सुविधा सहितको नाम फेरेर सांसदलाई स्वकीय दिन सरकार राजी भएको छ । कुसाशनको जस्केलो सांसदको पिए सुविधा भएको ठहर गरेको सुशीला सरकारको निर्णयलाई वालेन्द्र सरकारले ठाडै बदर गरिदिने भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्